शनिबार, साउन २४, २०७७ || 636  पटक पढिएको

परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाइ जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री जोगी,रातका देवता हार्दिक मिडियाको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । हार्दिक मिडिया को प्रस्तुतीमा तयार यस डकुमेन्ट्रिलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने हरि उप्रेती तथा निर्देशक घिमिरे डकुमेन्ट्रिका निर्माता हुन् । तेनहाङ राइ सहनिर्माता रहेको यस डकुमेन्ट्रिले नेपालमा २ वटा अवार्ड जितिसकेको छ भने ३ वटा अन्र्तराष्ट्रिय डकुमेन्ट्रि फेष्टिभलमा अफिसियल सेलेक्सनमा समेत परिसकेको छ । सोसल मिडिया फिल्म अवार्ड तथा काठमाण्डौ सर्ट फिल्म फेष्टा मा यो डकुमेन्ट्रीले अवार्ड हात पारिसकेको छ । रातको समयमा जोगीले घर घुमेर घरको शान्तीको लागी शंख बजाउदै हिड्ने र बिहान घर घर मा पुगेर सिधा उठाउने चलन लाइ बृत्तचित्रमा उतारिएको निर्देशक घिमिरेले जानकारी दिए । बिस्तारै लोप हुन लागेको कारण पनि यो बिषय सबै माझ पुर्याउने लक्ष्य राखिएको निर्देशक घिमिरेको भनाइ छ ।

https://youtu.be/y6ph5Iu_rYo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!