
नेपालका पछिल्लो समय कोरोनाले बिकराल रुप धारण गरिसकेको छ । जता हेर्यो उतै परपरसम्म कोरोना मात्र देखिन्छ। मानिसमा त्रास पैदा भएको छ कतै जीवन कोरोनासंगै त बिताउनु पर्दैन । घर घरमा बस यहि कुरा मात्र सुनिन्छ आज यति थपियो कोरोना यतिको मृत्यु भयो । मानिसहरु बस एउटा प्रशंनको उत्तर सुन्न सधै उतसुक देखिन्छ कहिले बन्छ कोरोनाको अचुक औषधी। कहिलेदेखि हामि हाम्रो पहिलेकै जीवनमा फर्किन सक्छौ। बस यहि एउटा सपना सधै देखिरहेका हुन्छन् मानिसहरु। जता हेर्यौ उतै डरै डर आखिर यसको सावधान के त ?

बर्तमान समस्या कोरोनासंग कसरि लड्न सकिन्छ? कस्तो योजना बनाएर काम गर्न सकिन्छ ? के के मा ध्यान दिएर कोरोनालाई हराउन सकिन्छ यसै बिषयमा आफ्नो बिचार सहित केहि योजना नेकपा मोरङका अध्यक्ष तथा संबिधान सभा सदस्य ऋषीकेश पोखरेलले हिपमत डटकम माझ आफ्नो बिचार साझा गर्नु भएको छ।
नेपाल सरकार,प्रदेश सरकार तथा स्थानिय सरकारले आफुले सकेको सबै बल लगाएर कोरोनालाई पराजित गर्न लागिपर्नु भएको छ । केहि स्थानमा राम्रो व्यवस्थापन गर्न सक्नु भएको छैन । खुल्ला सिमाना तथा सिमाना क्षेत्रमा सहज आवत जावतले पनि समस्या झन् बल्झाएको । अहिले कोरोना घर घरसम्म फैलिनुको मुख्य कारण खाधन्य वस्तु पनि हो। हाम्रो घरसम्म आउने र हामीले खाने खाधन्य ,फलफूल सागसब्जी,दुध ,तथा औषधी कतिको सुरक्षित छ ? पक्कै पनि हामि यकिनका साथ भन्न सक्दैनौ। के थाहा खाधन्य तथा सागसब्जीको माध्यामबाट हाम्रो घर घरमा कोरोना फैलियो कि ? मेरो बिचारमा अब हाम्रो घर दैलोसम्म आउने सम्पूर्ण खाधन्य वस्तु दुध तथा औषधी निर्मलीकरण गरेर मात्र घरसम्म आउने ,बजारमा बिक्रि वितरण गर्ने वा घर घरसम्म कसरि पुर्याउने यसको योजना बनाउनु पर्। यस बिषयमा समेत सरोकारवालाहरुको ध्यान जान आवस्यक छ।
अर्को कुरा अहिले कोरोन संक्रमित व्यक्तिहरुलाई राख्न आईसोलेसन वार्डहरु कम परिरहेको बेला लक्षण देखिएको कोरोना संक्रमितहरुलाई मात्र आइसोलेसन वार्डमा राख्ने तथा लक्षण नदेखिएका संक्रमितहरुलाई सुरक्षित होटेल तथा सभा गृहमा राख्न आवस्यक देखिएको छ। यदि यस्तो गरिएन्न भने धेरै नै संक्रमित दिन प्रतिदिन बढ्दै जादै छ। संक्रमित राख्न स्थान वा सैया पुग्दैन् त्यसैले यस बिषयमा पनि समयमा नै ध्यान पुर्याउन आवस्यक देखेको छु।
अहिले बिराटनगरको बिभिन्न अस्पतालमा कार्यरत डाक्टर वा स्वास्थ्यकर्मिमा संक्रमण देखिए लगत्तै अस्पतालहरु सिल गरेको देखिरहेको छु मैले अस्पताल किन सिल गर्ने यसले गर्दा अरु गम्भीर प्रकारको बिरामीहरुलाई उपचार गराउन असहज भएको छ अरु संक्रमित देखिएको स्वास्थ्यकर्मीले काम गर्ने स्थानलाई निर्मलीकरण गरि संक्रमितलाई आइसोलेसनमा पुर्याएर पुन अस्पतालहरु संचालन गर्नु पर्दछ। यसले गर्दा अरु गम्भीर प्रकारको बिरामीलाई उपचार गराउन सहज हुन्छ।
दिन रात नभनी घर परिवार नभनी सडकमा खट्ने सुरक्षाकर्मी डाईपर लगाएर दिन रात कोरोना संक्रमितहरुको उपचारमा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकार तथा स्थानिय सरकारले काम गर्न प्रोत्साहन गर्नु पर्छ। उहाँहरुलाई प्रोत्साहन गर्दा उहाँहरुको आत्मबल अझै मजबुत हुन्छ र अझ मिहनेत र लगनका साथ आफ्नो जिम्मेवारी पुरा गर्नु हुन्छ त्यसकारण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन गर्न निकै नै आवस्यक देखेको छु मैले।
सरकारले कोरोनाको सुरुवातको दिनमा बनाएको कार्य योजना नीति नियमहरुले मात्र काम गर्न अहिले प्रयाप्त छैन त्यसैले पनि अहिलेको अवस्था हेरेर नयाँ नीति नियम तथा कार्य योजना बनाउन आवस्यक छ। अब बनाउने योजनाहरुमा सम्बन्धित बिषयको विशेषज्ञहरुलाई सामेल गरेर अबको योजना बनाउनु पर्छ। बनाएको योजना कार्यनयन गर्न तिब्र गतिमा लाग्नु पर्दछ ।
अहिलेको समयमा मानिसहरुलाई थुनेर, छेकेर ,गालि गरेर,जरीवान तिराएर,डर देखाएर कोरोनालाई पराजित गर्न सकिदैन। मानिसहरुको पहिलेको भन्दा अहिले निकै नै चेतनाको स्तरमा बृद्दि भएको मैले पाएको छु। जिल्लामा रहेको राजनीतिक दल,सामाजिक संघ सस्था तथा सचेत नागरिकहरुले अब जागरणको अभियानहरु चलानु पर्दछ।
अहिले लक डाउनको समयमा धेरै यस्ता घर परिवार छन् जसलाई सहज रुपमा बिहान बेलुका हात मुख जोड्न निकै नै समस्या । यस बिषयम पनि थप रणनीति स्थानिय सरकारहरुलाई बनाउन आवस्य छ। उनीहरुको उचित व्यवस्थापन हुन आवस्यक छ। यसमा सबै जनाले हातेमालो गर्न आवस्य देखेको छु सकनेले एक अर्कालाई सहयोग गर्ने बेला आएको छ।
कोरोनालाई जितेर आएको मानिसहरुको बिचार वा अन्तर्वार्ताहरु स्थानीय पत्रपत्रिका ,रेडियो ,टेलिभिजन वा अनलाईनहरुमा प्रशारण /प्रकाशरण हुनु पर्छ जसको कारण अन्य व्यक्तिहरुलाई समेत आत्मबल बढ्छ। कसरि सावधानी अपनाउने यस बिषयमा पनि थप सचेतना समाजमा फैलाउन जरुरि छ।
मोरङमा सक्रिया सम्पूर्ण दलका प्रतिनिधिहरुको साझा बैठकले हामीले कोरोना बिरुद्धको साझा धारणा बनाएका छौ र सरोकारवाला पक्षसंग छलफल गर्ने तयारीमा छौ हामि।