बिहिबार, साउन २२, २०७७ || 619  पटक पढिएको

संघीय संसदका प्रवक्ता समेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेलाई संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले जानकारी दिइन् । २ साताअघि प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्य उपसमिति बनाई तराईका जिल्लामा वन अनुगमनका लागि पठाएको थियो । अन्य सांसदहरु मिना सुब्बा, प्रेम आलेसहित अन्य ३ कर्मचारीको नेगेटिभ रिपोर्ट आएको छ । जनता समाजवादी दलका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका कर्मचारीको स्वाव लिइएको थियो । सांसद यादव चढेको गाडिका ३ नै जनालाई कोरोना संक्रमण भएको थियो । वैज्ञानिक वन क्षेत्र व्यवस्थापनमा भएको कमजोरीमाथि उजुरी परेपछि संसदीय उपसमितिको टोली सिन्धुली हुँदै बारा, पर्सासम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!