शुक्रबार, पौष २५, २०७६ || 1944  पटक पढिएको

हिपमत डटकम
भूमिका पाख्रिन
लेटाङ,पौष २५:मोरङको लेटाङ नगरपालिका वडा नं. १ का कृषक चन्द्र राई यति बेला कफि खेतीबाट मनग्ये आम्दानी गर्र्न थालेका छन् । २६ वर्ष लामो शिक्षण पेशाबाट विश्राम लिएका राई यति बेला २० रोपनी क्षेत्रफलमा कफि खेती लगाएका राई नमुना कृषक बन्दैछन् भन्दा फरक पर्दैन । ५ लाख पुँजीबाट व्यवसाय सुरु गरेका राई थप्छन्, कफि खेतीमा मात्र यत्रो लगानी गरेको हैन, कफी सँगै बाख्रापालन समेतको लागी गरेको लगानी हो यो । हाल राईसँग स्थानीय र उन्नत जातका गरी २५ वटा बाख्रा समेत रहेको छ । करीब ४ वर्ष अघिबाट कफि खेती थालेका राईको हाल पुँजी १० लाखको रहेको छ । शिक्षण पेशाबाट रिटायर्ड भएपछि कुन व्यवसाय आफ्नो क्षेत्रको हावापानी माटोसँग उचित होला भनेर उनले अध्ययन गरे, र व्यापारको अवस्था बुझे । अन्तत उनले आफ्नो माटो सुहाउदो साथै विश्व बजारको माग भएकाले पनि कफि खेती नै गर्ने मनसाय बनाएको बताए । वर्षमा १ चोटी उत्पादन दिने कफिले रोपेको ४ वर्षमा उत्पादन दिने हुँदा राईको कफि खेतीबाट हाल कफि उत्पादन हुने समय आउदैछ, यद्यपी उनले बेर्ना बेचेरै वार्षिक ५ लाख आम्दानी गर्ने गरेको बताए । कफिमा विषादी प्रयोग गर्न मिल्दैन, सबै अग्र्यानिक मल कै प्रयोग हो । त्यसैले अन्य औषधि, मल किन्न पैसा समेत खर्च गर्नु पर्दन – उनी थप्छन् । कहिलेकाही कामदार आवश्यक परेता पनि हाल राई दम्पती नै कफि खेती तथा बाख्रापालनमा सम्पूर्ण समय खर्चेको बताउछन् । लेटाङ नगरपालिका तथा घरेलु उद्योगमा दर्ता गरी व्यवसायिक रुपमै व्यवसाय सञ्चालन गरेका राईले बेर्ना उत्पादनमा वडाले केही बजेट छुट्याए पनि अन्य कनै पनि ठाँउबाट कुनै अनुदान नपाएको बताए । त्यसो त ४ वर्ष अघि चन्द्र राईले आफ्नो २० रोपनी जग्गामा कफि खेती गरेर आम्दानी गरेको देखेपछि वडा नं. १ का करीब ७० जना कृषकले कफि खेती सुरु गरेका छन् भने कतिपयले त आम्दानी समेत गर्न थाली सकेका छन् । “मैले कफि खेती सुरु गर्दा घाटा लाग्ला, मेहेनत मात्रै जाला भन्नेहरु अहिले यहि पेशाबाटै मनग्ये आम्दानी गर्न थालेका छन् । मेहेनत गरे आखिर के हुन्न र ?” – उनी गर्वका साथ सुनाउछन् । त्यसो त यसैबारे बुझ्न खोज्दा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी पोखरेलले वडा नं. १ मा कफि खेतीको सम्भावना देखेर नै नगरले टनेलको व्यवस्था गरेको बताइन् । साथै उपप्रमुख पोखरेलले नगर र कृषि ज्ञान केन्द्रको सहयोगमा दुई वटा कफि पकेट कार्यक्रम सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् । कफि खेती गर्ने कृषकको व्यवसायमा थप उर्जा प्रदान गर्न अझै विभिन्न सेवा सुविधा प्रदान गर्न नगर प्रतिवद्ध रहेको समेत पोखरेलले बताइन् । यता वडा नं. १ का वडाध्यक्ष विष्णु मगरले वडाले कफि खेतीबारे आफ्ना वडाबासीको मेहेनत र सम्भावना देखेर नै वडाले बेर्ना खरीदमा १ लाख रकम छुट्याएको र आगामी वर्ष अझै यसलाई बढाउदै लैजाने बताए । बजारको कुनै अभाव नभएकै कारण यतिबेला चन्द्र राई मात्र हैनन्, अन्य सबै कृषकहरु ढुक्क छन् । सरकारी रेट अनुसार सरदर ४२५ रुपैयामा बेच्ने कफि हाल ४५० रुपैयासम्म किनबेच हुने गरेको राई बताउछन् । काँचो दाना ८५ रुपैयासम्म विक्रि हुने गरेपनि राईले भने उत्पादित कफि एक पटक सुकाएर प्रशोधन गरेर मात्र बेच्नुपर्ने बताउछन् । आफ्नै लगानीबाट आफ्नै बारीमा कृषि पेशामा होमिएका राई जस्ता मेहेनती कृषकले यहि पेशाबाटै मनग्ये आम्दानी गर्दैछन् । उचित अनुदान, तालिम लगायतका कुरालाई सम्बन्धित निकायले थोरै मात्र चासो दिने हो भने पनि उक्त व्यवसायले अझै फड्को मार्ने कुरामा दुइमत छैन । कडा मेहेनत गर्ने हो भने स्वदेश मै प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण राईले प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!