
पछिल्लो समय मोरङको रंगेलीमा समुदाय स्तरमै कोरोना देखिए लगतै आज रंगेलीका एक ४५ वर्षिय पुरुषको कोरोना बाट मृत्यु भएको छ । मृतक रंगेली नगरपालीका ८ चिहानडाढाका हुन् । उनको कुनै ट्राभल डिस्ट्री नभएको बुझीएको छ । गएराती देखि एक्कासी ज्वरो आएपछी आज विहान सास समेत फेर्न समस्या भएपछी उपचारका लागी विराटनगर कोशी अञ्चल अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएपछी कोरोना परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखाएको कोशी अञ्चल अस्पताल विराटनगरका मेसुलाई उदृत गर्दै रंगेलीका मेयर दिलीप वगडीयाले हिपमत डटकमलाई जानकारी दिए ।

मृतक ४५ वर्षिय पुरुष केही दिन अधि रंगेली स्थीत नेपाल विधुत प्राधीकरण विधुत मिटर लिन गएको बुझिएको छ । उनले एक साता अधि वडा कार्यालय बाट विधुत मिटरको सिफारीश लिएको वडाध्यक्ष ढकप्रसाद आचार्यले जानकारी दिए । यस अधि रंगेली अस्पतालका ३स्वास्थ्यकर्मी, नेपाल विधुत प्राधिकरणका ५ जना कर्मचारी सहित रंगेलीको एकै परिवारका १४ जना सहित २२ जनामा कोरोना पोजेटिभ देखाएको थियो ।