प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग छलफल थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी छन् ।
छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका महन्त ठाकुर पनि सहभागी छन् ।

मुलुकमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । सरकारले लकडाउन खुला गरेपछि संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिँदै आएका छन् । सरकारले विज्ञहरुको राय बुझेर लकडाउन गर्ने या नगर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।

बैठक सीसीएमसीका पदाधिकारीको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!