
आज सोमबार मात्र मोरङमा ४६ जना नया कोरना संक्रमित थपिएका छन् । मोरङमा थपिएको ४६ जना संक्रमित मध्ये २२ जना बिराटनगर महानगरपालिकाका हुन ।
विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभेटिएका संक्रमित थपिने क्रम बढेको छ । समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भएता पनि कोरोनाले अहिले बिकराल रुप धारण गर्न थालिसकेको । पछिल्लो समय मोरङमामा समुदाय स्तरमा अध्याधिक कोरोना संक्रमित थपिदै गएको छ।

थपिएको नया संक्रमितमा मोरङको रंगेली नगरपालिकाको २२ जना लाई कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो । त्यस्तै कटहरी गाउँपालिकामा २ जना महिलामा संक्रमण देखिएको छ ।