आइतबार, साउन १८, २०७७ || 1462  पटक पढिएको

सरकारको लापबाहीले देश भरको बिस्कुट उद्योगमा चिनी अभाव भएको छ । उद्योगको महत्वपूर्ण कच्चा पदार्थमा रहेको चिनी नपाइँदा चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीहरुले बताएका छन् । निजी क्षेत्र र सरकार सबैतिर माग्दा पनि उद्योगहरुले चिनी नपाएको नेपाल बिस्कुट उत्पादक संघका महासचिव बिक्रम कर्माचार्यले बताए । ‘चिनी उत्पादक निजी क्षेत्रका उद्योगहरुले पनि छैन भन्छन्, सरकारी, संस्थानले पनि मौज्दात सकिएको बताएको भन्दै साथीहरु भौंतारिएका छन्,’ महासचिव कर्माचार्यले भने । बजारमा थोक मूल्यमा केही उद्योगले किन्न खोजेको चिनी निकै महँगो भएको पनि उनले बताए । भारतबाट आयात गर्दा चिनीको भाउ मँहगो हुने र यसले उत्पादनको मूल्य बढ्ने उद्योगीहरुको दाबी छ । सहुलियतपूर्ण चिनीको कारोबार गर्ने दुई सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले आफूसँग चिनीको मौज्दात सकिएको बताएका छन् । स्वदेशमा उत्पादीत चिनीको मौज्दात पनि रित्तिएको नेपाल चिनी उत्पादक संघले जनाएको छ । सरकारले भन्सार छुटमा खाद्य र साल्ट ट्रेडिङलाइ चिनी ल्याउन सहमति दिएपनि त्यसका लागि समय लाग्ने ती कम्पनीहरुले कम्पनीले जनाएको छ । नेपालमा वाािर्षक दुई लाख मेटि्रकटन चिनीको खपत हुने सरकारी आकलन छ । कुल खपतको ४० प्रतिशत हिस्सा धारासयी र बाँकीे ६० प्रतिशत औद्योगिक खपत रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालमा बिस्कुट उत्पादन गर्न ३० कम्पनी दर्ता भएपनि १५/१६ वटा उद्योग मात्रै सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!