प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् । बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग ओली सहमतिमा आउन नचाहेको भन्दै यस्तो ब्रिफिङ गरेका हुन् ।
‘बैठक राख्न पनि मान्नुभएन । पद छोड्न पनि मान्नुभएन’,

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खुमलटारमा ब्रिफिङ गर्दै भने, ‘नियमित बैठक नरोकौँ, उठेका प्रश्नहरुबारे छलफल गरौँ भन्दा उहाँ सकारात्मक हुनुभएन ।’

बरु ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक भन्दा महाधिवेशनमार्फत नै निकास निकाल्न आफू तयार रहेको बताएका थिए । ‘अर्ली महाधिवेशनमा तपाईंहरुको चित्त बुझ्दैन भने चैतमा तोकिएकै समयमा महाधिवेशन गरौँ । त्यसैबाट विवादित विषयको निष्कर्ष निकालौँ ।’

खुमलटारमा प्रचण्डको ब्रिफिङपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार पुनः छलफल गर्नेबाहेक कुनै विषयमा सहमति हुन नसकेको आफूले बुझेको बताए ।

‘भोलि पुनः छलफल हुनेबाहेक अन्य उपलव्धि हुन सकेको देखिएन । समस्या जहाँको त्यहीँ छ । हेरौ भोलि केही हुन्छ कि !’, प्रवक्ता श्रेष्ठले रातोपाटीलाई बताए ।

प्रचण्ड र खनालले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग करिव ३ घण्टा बालुवाटारमा छलफल गरेका थिए। बालुवाटार छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!