आइतबार, साउन १८, २०७७ || 532  पटक पढिएको

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता भर्खरै सम्पन्न भएको हो । असार १३ गतेदेखि दुई अध्यक्षबीच सम्वाद टुटेको थियो । स्थायी कमिटीको बैठक ओलीले एकलौटी रुपमा स्थगित् गरेको भन्दै दाहाल रुष्ट छन् ।

उक्त भेटवार्तामा बरिष्ठ नेता झलनाथ खनालपनि सहभागी थिए । खनालले आजको भेटवार्तामा ठोस सहमति नभएको स्पष्ट पारे । तर, पछिल्लो समय देखिएको सम्वादहिनताको गाँठो भने आजको छलफलपछि फुकेको जिकिर गरे । उनले भने,‘दुवै पक्ष लचिलो भएर जानेबारे कुराकानी भयो । ओलीजीले अहिले सचिवालय राखौं भन्नुभयो, उहाँले स्थायी कमिटी बैठक राख्न मान्नुभएन । तर, हामीले स्थायी कमिटीको बैठक राखेर जानुपर्छ भनेका छौं । फेरि पनि वार्ता गर्ने सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!