आइतबार, साउन १८, २०७७ || 659  पटक पढिएको

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडक पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । हिजो साँझ पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । आज विहानवाट मोटरसाइकल र कार जीप चलाउन मिल्ने सडक खुले पनि ठुला सवारी चल्न अझै केही दिन लाग्ने छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय बुटवलका बुटवलल प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले सडक भासिएको बनाउनको केही दिन लाग्ने भएकोे ठूला सवारी चलाउनको लागि रोक लगाएको रातोपाटीलाई बताए । प्रहरीका अनुसार करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको छ । तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो । मोटरसाइकल र कार जीप चलाउन मिल्ने साँघुरो ठाउँ रहेकाले ठूला गाडी चल्न रोक लगाइएको डीएसपी पाण्डेले बताए ।

सडक भासिएपनि बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङ लगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीच सडकमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउन आइतबार बिहानदेखि काम शुरु हुने भएकाले सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!