लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहितको पत्र मंगलबार पठाएको जानकारी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले दिए । पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले हस्ताक्षर गरेका छन् ।
दुई हप्ता पहिले धार्चुलाका उप–जिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न आग्रह गरेर दार्चुलाका प्रजिअलाई पत्र लेखेका थिए । भारतले नेपाली भूमिमा कैलाश मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपालले त्यसको विरोध गर्दै आएको छ । त्यसअघि १६ कार्तिक २०७६ मा भारतले जारी गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नोतर्फ पारेको थियो ।

सीमा विवादबारे वार्तामा बस्न नेपालले गरेको प्रस्ताव भारतले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!