शनिबार, साउन १७, २०७७ || 1121  पटक पढिएको

देशका सपुत हाम्रा आदरणीय बन्दनीय व्यक्तित्व सालीन नेतृत्व कुलमान घिसिङ्गले देशलाई अन्धकारमुक्त बनाउन भयो बहाँ लाई नेपाल सरकारले राष्ट्रिय सम्मान गर्नु नै पर्दछ यो हाम्रो नेपाल सरकारलाई गंभीर ध्यानाकर्षण सहित अपिल गर्दछौ।

आज वहाँले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी लिदा 17 अर्ब घाटामा रहेको बिद्युत चुहावट मुनाफाखोरी तस्करी र पहुँचबालाले बिद्युत चोरी गरी देशमा 18 घन्टा लोडसेडिङ भएको हामीले देखेका छौ। आज अर्बको बिद्युत घाटा उठाई प्रतिवर्ष 5 अर्ब आम्दानी हुने रणनीतिका साथ वहाँ अगाडि बढाउदै हुनुहुन्छ। यसमा तत्कालीन ऊर्जा मंत्री जनार्दन शर्मा र हालका सम्माननीय प्रधानमन्त्री ज्यू को पनि सहयोग र समर्थन छ। वहाँहरूमा उच्च सम्मान टक्रयाउन छौ। बिद्युत माफियाहरुको ब्रम्हलुट बन्द भएका कारण कुलमान घिसिङ्ग ज्यू लाई विवादमा पार्न समेतका केही व्यक्तिले हात धोएर पछि परेका छन।

आज देशको राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने काम गर्ने महान सपुत श्री कुलमान घिसिङ्ग ज्यूको कार्यकाल यही आगामी महिनामा सकिदै छ। जन राय र देशका प्रधानमन्त्री ज्यू समेतलाई देश बनाउन र निरन्तरता दिन जन दवाव आजैदेखि सरकारलाई गंभीर ध्यानाकर्षण सहित सरकारलाई दवाव दिन लागी आन्दोलनमा सडकमा उत्रिन्छौँ हामी नेपाली जनता। वहाँलाई हटाउने होइन निरन्तरता दिनु आजको अपरिहार्य आवश्यकता मात्र होईन समयगत माग हो। जव सम्म देशको भाग्य र भविष्य निर्माणमा युवाहरू नलागे सम्म र Right man in right place को वातावरण सृजना नभए सम्म देशको बिकास एवंम परिवर्तन संभव छैन ।

आज म मिशन नेपालको नेतृत्वको हिसाबले राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा रहनु हुने सबै जन नागरिकहरूले कुलमान घिसिङ्गलाई निरन्तरता अभियानमा सबै ऐक्यबद्धता जाहेर गरी सहकार्य गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्न हार्दिक अनुरोध गर्दछु। काम गर्ने मानिसका लागि समय र सीमा अबधी र सिमाङ्कन हुदैन। अब देशलाई अन्धकार तर्फ लैजाने कि उज्यालो तर्फ यसमा जन निर्णय र जनतामा भर पर्छ।

आजैदेखि आ आफ्नो स्थानबाट सहयोग र सेबा गरौ राष्ट्रिय एकता आजको अपरिहार्य आवश्यकता मात्र होईन अपरिहार्यता भएको छ। यस्ता महान आदर्श व्यक्तित्व बाहेक अन्य बिकल्प छैन। सबै जागौ कुलमान घिसिङ्ग ज्यूलाई थप जिम्मेवारी र निरन्तरताकोलागि हामी एक हौ। जय जननी। जय मातृभूमि नेपाल।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!