यीनको नाम प्रेन्सा रेग्मी हो । पोखराको शिसु निकेतन इङलिस बोर्डीङ स्कुलमा कक्षा ३ मा पढ्ने ८ वर्षकी प्रेन्साको दैनिकि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले आह्वान गरेको लकडाउन पछि निकै फेरीएको छ । उनी अहिले पोखराका विभिन्न स्थानमा पुग्छीन् र निशुल्क मास्क वितरणको काम गर्छिन् । उनले यो काम आफ्ना बुबा आमाले टिका लगाएर दिएको दक्षिणाबाट सुरु गरेकी हुन् । उनले मास्क नलगाई बाटामा हिड्नेहरुलाई मास्क लगाएर हिड्न अनुरोध गर्छिन् । पैसा हुनेहरुले पैसा तिरेर मास्क लिन्छन् त नहुनेहरुलाई प्रेन्सा आफैले मास्क वितरण गर्ने गर्छिन् । उनलाई सहयोग गर्न निकै मन पर्छ । उनको काम र उत्साह देखेर धेरै प्रभावित भएका छन् । उनलाई यो बीचमा धेरैले आर्थिक सहयोग गर्छु भने उनले त्यो कुरालाई अस्किार गर्दै आएकी छन् । आज हामी तपाईलाई उनै प्रेन्शाको बारेमा जानकारी दिदै छौँ । उनै प्रेन्शासंग हामीले कुराकानी गरेका छौँ । हेर्नुहोस यो कुराकानी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!