
डिभिजन सडक कार्यालय प्रदेस न १ विराटनगरले गत आर्थिकवर्षमा ४६ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न गरेको छ । कार्यालयले तराई मधेश सडक पुुर्वाधार विशेष कायृक्रम अन्र्तगत मोरङ र सुुनसरी जिल्लामा कालोपत्रे सडक निमार्ण गरेको हो । ५० करोड रुपैयाको लागतमा सडक विस्तार एंव कालोपत्रे गर्ने काम सम्पन्न भएको डिभिजन कार्यालयका प्रमुुख पशुुपती ज्ञवालीले वताउनुुभयो ।
कार्यालयले ८२ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिएपनि लकडाउनका कारण ४६ किलोमिटर सडकमा पिचगर्ने काम भएको र वाकी सडककोपनि ६० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुुख ज्ञवालीले वताउनुुभयो । लकडाउनको समयमा पनि स्वास्थ्य सावधानी अपनाउदै सडक तथा पुुल निमार्णको कामलाई कार्यालयले तिव्रता दिएको थियो ।
स्थानिय सडक पुुल निमार्ण कार्यक्रम अन्र्तगत चारवटा खोलामा ठुुलाठुुला पुुलको निमार्णको काम समेत सम्पन्न भएका छन । कार्यालयका अनुुसार वाकी ६ वटा पुुलको निमार्ण कार्य समेत अन्तिम चरणमा पुुगेको छ । ८० प्रतिशत काम पुुरा भएको सो पुुल चालुु आर्थीकवर्ष भित्रमा सम्पन्न हुुने जनाएको छ । लामो समयदेखि पुुल नभएका स्थानहरुमा पुुल निमार्ण भएपछि स्थानिय समेत हषित भएका छन ।
कार्यालयका अनुुसार इटहरीदेखी कोशी व्यारेज तथा धरानदेखी भेडेटार सम्मको १९ किलोमिटर सडक खण्डको समेत आवधिक मर्मतको काम सम्पन्न भएको छ । त्यसवाहेक कार्यालयले पुुर्व पश्चिम राजमार्ग तथा सहायक मार्गको स्तरउन्नती पुुल पुुलेसो मर्मत संभार एवं पुुर्नस्थापना समेत गरेको जनाएको छ ।
कार्यालय अन्र्तगत गत आर्थिकवर्षमा १ अर्व ३६ करोड रकम विनियोजित भएकोमा १ अर्व २० करोड रकम खर्च भएको जनाएको छ । कार्यालयले गतवर्ष ८८ प्रतिशत वित्तिय प्रगती गरेको जनाएको छ ।
वर्डगा,आमवारी उर्लावारी सडक, देवानगन्ज कपतानगन्ज सडक, साहेवगन्ज अमडुुवा चिमडि सडक तथा रामचौकदेखी सिसवनी जहदा लगायत आधादर्जन सडक विस्तार एंव कालोपत्रे गर्नुुका साथै जुुडि, थलाहा तथा औरहि लगायतका स्थानका खोलामा पुुल निमार्ण गरिएको हो
। लकडाउनको समयमा मुुख्य राजमार्ग सहित सिमा जोडिएका सडकको स्तरउन्नती गर्नुुका साथै लामो समयदेखि जग निमार्ण भएर छुुटेका तथा ढलानगर्न वाकि रहेका पुुलहरुको निमार्ण सम्पन्न गरेकाले अहिले वर्षाको समयमा पनि आवत जावतगर्न सहज भएको कार्यालय प्रमुुख ज्ञवालीको भनाई छ ।
