पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको ६२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।विमानस्थल आयोजना प्रमुख विनेश मुनानकर्मीका अुनसार आयोजनास्थलमा अहिलेपनि लकडाउन जस्तै छ तर काम भने भईरहेको छ ।

विमानस्थल निर्माणमा अहिले झण्डै ३ सय ५० जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार रहेको मुनानकर्मीले बताउनुभयो ।

जुन २०२१ मा सक्ने लक्ष्य राखिएको पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको र अब कुनै अवरोध नभई काम हुनेहो भने समयसिमामा काम सकिने उहाँले बताउनुभयो ।

विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । राष्ट्रिय गौरवको यस आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!