देशभरिमा थप ३११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ। मङ्गलवार भएको पृष्टि सङ्ख्या असार १९ गते यताको सबैभन्दा ठूलो सङ्ख्या हो। असार १९ गते ७४० जनामा सङ्क्रमण पुष्टि भएपछि दैनिक सङ्क्रमण सङ्ख्या ओरालो लागेको थियो। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,०६३ पुगेको छ। अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। नेपालमा कोरोनाभाइरस सङ्क्रमण केही दिनमै नियन्त्रण बाहिर जान सक्ने चेतावनी ,कोरोनाभाइरसका खोपबारे गलत र दिग्भ्रमित पार्ने दाबीहरू ,कोभिड-१९ विरुद्ध लुकेको प्रतिरोध क्षमता भएका मानिस सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १२१ जना निको भएसँगै अहिलेसम्म १३,८७५ जना रोगमुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,१२९ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

काठमाण्डू उपत्यकामा ५३ जना
मङ्गलवार थपिएका सङ्क्रमितमध्ये ५३ जना काठमाण्डू उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ।

तीमध्ये ४८ जना काठमाण्डू, चार जना ललितपुर र एक जना भक्तपुरका रहेका छन्।

मङ्गलवार रौतहट र कैलालीमा ५०० भन्दा बढी सङ्क्रमित रहेका डा. गौतमले बताए।

मृतक को हुन्?
बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुषको साउन ९ गते घरमै निधन भएको डा. गौतमले बताए।

दमका रोगी उनी असार २४ गते भारतबाट नेपाल आएको बताइएको छ।

अरू आँकडा के छन्?
विगत २४ घण्टामा पीसीआर विधिबाट ५,०३२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३५२,३०७ रहेको छ।

अहिले देशभरिका क्वारन्टीनमा १५,३३१ जना छन्। प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निकट भविष्यमा दैनिक १८ हजारभन्दा धेरै पीसीआर परीक्षण गर्न सक्ने क्षमता विकास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!