
अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवादको विषय अहिले अदालत पुगेको छ ।

साम्राज्ञीबाट आफ्नो मानहानी भएको भन्दै भुवन १० करोड क्षतिपूर्तिको दाबी गर्दै जिल्ला अदालत काठमाडौँ पुगेका हुन् । सामाजिक सन्जालबाट सुरु भएको यी दुबैको झगडा अहिले अदालतमा पुगेपछि कतिपय कलाकर्मीले यस्तो विषय ‘अदालतसम्म लैजान नहुने थियो’भन्ने धारणा समेत राखेका छन् ।
अभिनेत्री साम्राज्ञीले भने भुवन अदालत भएपनि उनी विरुद्ध डटेर लाग्ने बताउँदै आएकी छन् ।
यस्तैमा भुवन अदालत गएको विषयलाई साम्राज्ञीको समर्थन गर्दै कतिपय कलाकारले भुवनलाई चेतावनी दिन थालेका छन् ।
यस्तैमा अभिनेत्री दीपशिखा सिंह खड्काले पनि नारीलाई कमजोर नसोच्न भुवनलाई चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चेतावनी दिएकी हुन् ।
‘कहिले व्यक्तिगत कुरा निकाल्ने । कहिले घरायसी कुरा निकाल्ने । अनि अब १० करोडको माग ?’ अभिनेत्री खड्का अगाडि लेख्छिन् ‘यो ..का नै हो । मलाई पनि राम्रोसँग थाहा छ ।’
अभिनेत्री साम्राज्ञीको समर्थन गर्दै सामाजिक संजालमा कडा रुपमा प्रस्तुत भएकी खड्काले भुवनको कडा आलोचना गरेकी छिन् ।