सोमबार, साउन १२, २०७७ || 733  पटक पढिएको

कलाकार क्षेत्रमा पब्लिक फिगर बनेकाहरु धेरै जसो बेला आफ्नो जिब्रो र अनुभवको श्राप पाउँने गर्छन् ।

एक अर्काेलाई विभिन्न किसिमको ओरोप प्रत्यारोप मात्रै हैन् कलाकार क्षेत्रमा लागेकाहरु आफ्नै बोलीको शिकार समेत हुने गर्छन् ।

सामाजिक सञ्जालको पहुँच शहरदेखि टोलटोलसम्म पुगेका कारणले कलाकारहरु सानो कुराले चर्चामा आउँछन् । तर, आफ्नो क्षमता नपुगेर हो या भाषा नपुगेर उनीहरु तुरुन्तै फेरि चिप्ली हाल्छन् ।

यसको पछिल्लो उदाहरण बनेका छन्, चर्चीत गायक एवं मोडेल दुर्गेश थापा । युवासमुहलाई उत्तेजक पार्नेजस्ता गीत समेत गाएर चर्चामा रहेका दुर्गेश थापालाई पनि अन्य कलाकारहरु जस्तै सामाजिक सञ्जालको आशिस छदै छ ।

जसकारण उनी पनि नयाँ गीत वा भिडियो निकाल्दा चर्चामा आइहाल्छन् । हुनत सामाजिक सञ्जालमा आजभोली आम मान्छे दैनिक रुपमा भाइरल भएर कलाकार बन्दै गइरहेका छन् ।

तर, केहि अघि जन्मेका आस लाग्दा कलाकारहरु समेतले आफ्नो तौललाई बिर्सिदिँदा हासोको पात्र बन्ने गरेका छन् । गायक दुर्गेश थापाको गतवर्षको तीजमा ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा’ बोलको गीत निकै नै चर्चीत बन्यो ।

गीत भाइरल हुनु भनेको युट्युबमा गीतले धेरै दर्शक पाउनु पनि हो । गीतको चर्चासँगै आम्दानी पनि राम्रो भएका कारण दुर्गेश खुसी थिए ।

लोकप्रिय र चर्चीत हुनु फेरि बेग्लै कुरा हो । नायिका कलाकार दीपा श्री व्याउदैछिन भन्ने सन्देस बोकेको गीत लोकप्रिय थियो या चर्चीत त्यो त दर्शकले नै जज गर्ने कुरा हो ।

त्यसपछि दुर्गेशले गाजा खानुपर्छ भन्दै अर्काे गीत निकाले । त्यो गीत पनि लोप्रिय भयो या चर्चीत जे होस् रातारात हीट भयो । गाजा खानुपर्छ भन्ने सन्देशले वैधानिक रुप नपाउँदा गायक प्रहरी हिरासतसम्म पनि पुगे ।

यस्ता धमाकेदार गीत बजारमा ल्याइरहेका दुर्गेशले अहिलेको तीजका लागि एक महिनाको अन्तरालमा ‘बिच्च बिच्चमा २’ र ‘बिच्च बिच्चमा ३’ ल्याए । यी दुई गीत पनि चर्चामा नै छन् ।

तर गायक दुर्गेश थापा अहिले निकै आलोचनामा परेका छन् । हुनत कुनै बेला एक चर्चित नायिकाले अमेरिका ३ चोटी गएको र युएसए पहिलोपटक गएको कुरा पनि बताएकी थिइन् ।

नेपाली संगीतिक क्षेत्रकै कुरा गर्ने हो भने बालगायक गायिका प्रेम परियार, कमला घिमिरेलगायतका लागि भाइरल सुखदायक भएको छ । एकपटक भाइरल भएकै कारण यी कलाकारको जीवनमा ठुलै परिवर्तन ल्याइदिएको छ ।

यसरी हेर्दा गायक दुर्गेश आलोचित हुनु पनि स्वोभाविक नै हो । प्रस्तोता ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्तामा दुर्गेशले स्वर सम्राट नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको ‘मुटु जलिरहेछ’ भन्ने गीत गाए ।

त्यति मात्रै हैन् उनले त्यसपछि यम बरालको गीत भन्दै रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’बोलको गीत गाए ।

पश्चिमका कुनै दुर्गम जिल्लाको गाउँमा गएर रेडियो मात्रै सुनेका एक बालकलाई मात्रै पनि ओराली लागेको हरिणको चाल भो भन्ने गीत कस्को हो भनेर सोधियो भने उस्ले सहि जवाफ दिन सक्छ ।

तर, लामो समयसम्म सांगीतिक क्षेत्रका ताराका रुपमा हेरिएका कलाकारले नै सांगीतिक क्षेत्रको बेइज्जती गरिदिएपछि कस्को के लाग्छ ।

जेहोस् लामो समय सांगीतिक क्षेत्रमा काम गरि आएका एक चर्चीत गायकले सांगीतिक क्षेत्रकै अग्रजहरुका गीतहरुबारे थाहा नपाउनु लज्जाको विषयमात्रै हैन आफुलाई गायक भनेको सुन्न नसक्ने स्थितीम पुग्नु हो । तर पनि गायक थापाले आलोचनालाई सामान्य रुपमा लिनुपर्छ किनकी उनी मात्रै यो पहिलो उदारहरण हैनन् ।

आकासबाट अलिकती पानी पर्दा भ्यागुताहरु कराउन थाल्छन् भने जस्तो केही समय चर्चामा आउँदा के भन्ने के नभन्ने भनेर एकिन गर्न नसक्दा नायिका दीपाश्री निरौला केहि दिनअघि मात्रै आलोचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!