कोसी अस्पताल विराटनगरमा डाक्टर र नर्सलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका काम थाल्नु अगावै सप्तरी घर भई कोसी अस्पतालमा हाँजिर हुन आएका एकजना चिकित्सक र विराट अस्पतालमा समेत आंशिक काम गर्दै आएकी नर्सलाई पोजेटिभ देखिएको हो । डाक्टर साउन १ गते मात्रै हाजिर भएका थिए । त्यसको केहिदिनमै ज्वरो आएपछि उनको स्वाब संकलन गरि परीक्षण शनिबार पोजेटिभ देखिएको थियो । उनी अस्पतालमा कार्यरत हुनु अगावै संक्रमित भएकोले अन्य समस्या नहुने अनुमान गरिएको छ । कोसी अस्पतालको पोष्टनेटल वार्डमा कार्यरत एक नर्सलाई समेत कोरोना पोजेटिभ देखिएको छ । उनी भने आंशिक रुपमा विराट अस्पतालमा समेत कार्यरत थिइन् । आइतबार साँझको रिपोर्ट अनुसार मोरङको कटहरी गाउँपालिका–६ की २७ वर्षीया महिलामा समेत कोरोना पोजेटिभ देखिएको छ । ज्वरो आएपछि कोसी अस्पतालको आइसोलेशनमा राखेर स्वाब परीक्षणगर्दा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक उदयकान्त सेठले जानकारी दिइएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!