नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा धमाधाम तीजका गीत निस्किन थालेका छन् ।कोरोनाको कारणले चार महिनाको लक डाउन सकिए सगै बजारमा तीजको तीज सार्वजनिक हुन थालेको छ ।

यसपालिको तीजमा रेस्लर तथा कलाकार अस्मिता सुनार (जुरेली) पनि तीज गीत लिएर आएकी छिन् ।अस्मिता जुरेलीको स्वर रहेको ‘मान्देउन शिव जी’ बोलको सार्वजनिक गीतमा शिवम अधिकारीको शब्द रहेको छ। गीतमा ओम सुनारको संगीत रहेको छ ।

‘मान्देउन शिव जी’ बोलको गीतमा अस्मिता जुरेलीको बेजोड नृत्य देख्न सकिन्छ ।गीतमा अस्मिता जुरेलीसगै दुर्गेश थापा,रविन्द्रप्रताप सेन ,लोमश शर्मा ,नरेश सिंह, समिर खान,प्रेम खड्का ,कजिस श्रेष्ठ, अर्जुन गौतम, रमेश थापा दिनेश कठायत,धुर्व हिमाली आदीको कलाकारको अभिनय रहेको छ ।गीतको भिडियोमा रेस्लर द हिमालयन टाईगर र भगवती खड्कालाई पनि देख्न सकिन्छ ।

बजारमा निस्किएको भन्दा अलि फरक सैलीमा निर्माण गरिएको गीतको भिडियो कोरियोग्रफी तथा निर्देशन शिव बिकले गरेका हुन्।

https://youtu.be/RYSsQgm4hbI

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!