शुक्रबार, साउन ०९, २०७७ || 841  पटक पढिएको

अघिल्लो साता शीतल निवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिनुभयो । भेटको शुरुवातमा राष्ट्रपतिले पछिल्लो महाधिवेशनको प्रसंग उठाउँदै उहाँको टिमबाट सुरेन्द्र पाण्डे महासचिवमा ईश्वर पोखरेलसँग ६ भोटले हारेको स्मरण गर्नुभयो ।

राष्ट्रपतिले भन्नुभयो, ‘तपाईंलाई मध्यस्थकर्ताको रूपमा सबैले निपुण ठान्छन् । अहिले पार्टीमा देखिएको अन्तरविरोध समाधानमा पनि त्यहीअनुसार गरिदिनुप¥यो ।’

नेपाल केही नबोली सुनिरहनुभयो तर राष्ट्रपतिले थप्नुभयो, ‘मैलेभन्दा बढी तपाईंले नै संगत गर्नुभएको र चिन्नुभएको मान्छे हो उहाँ (केपी ओलीप्रति इंगित गर्दै) । मैले पनि एकदिन यहाँबाट छाडेर जानैपर्छ ।’

त्यसपछि राष्ट्रपतिले निर्वाचनताकाको क्षण स्मरण गर्दै भन्नुभयो, ‘तपाईंहरूले नै मलाई यो पदमा ल्याउनुभएको हो । भोलि फेरि अर्को कसैलाई पठाउनुपर्ला । त्यो अवस्थामा मैले पनि नयाँ व्यक्तिलाई राम्रोसँग हस्तान्तरण गर्न सकिनँ भने अलि मज्जा हुने छैन । मलाई नेकपाले एकताबद्ध हुँदै जिताएर यहाँ पठाएको हो । त्यसैगरी पार्टी एक बनिरहोस् र हिजोजस्तै भोलि पनि एक भएर नेकपाकै अर्को मान्छेलाई यहाँ पठाओस् भन्ने मेरो चाहना हो ।’

नेपाललाई यो पनि भनियो, ‘पार्टी फुट्यो भने राष्ट्रपति पदसमेत आगामी दिनमा अर्को पार्टीका मान्छेको हातमा जान्छ । अरुले सहजै खेल्ने मौका पाउँछन् । हिजो जस्तै भोलि पनि नेकपाले छानेको र चुनेको मान्छेलाई नै हस्तान्तरण गर्न सकुँ । पार्टीमा टुटफुट नआओस्, यही हो मेरो चाहना ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!