मंगलबार, साउन ०६, २०७७ || 714  पटक पढिएको

प्रदेश नम्बर २ मा आइतबारदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण २ सय १९ घरधुरीका ८ सय ४५ जना विस्थापित भएका छन् । बाढीको उच्च जोखिममा रहेको प्रदेश–२ मा दुई दिनमै ८ सय ४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । दुई दिनको वर्षाका कारण बाढी आउँदा सप्तरीमा सबैभन्दा बढी १ सय ५० घरधुरीका ४ सय ५० जना विस्थापित भएका छन् भने २ वटा घरमा क्षति पुगेको जाएको छ ।

त्यस्तै सर्लाहीमा ४६ वटा घरका २ सय ५५ जना विस्थापित भएका छन् भने एउटा घरमा क्षति भएको छ । उता रौतहटमा २३ वटा घरधुरीका १ सय ४० जना विस्थापित भएका छन् भने त्यहाँ एउटा घरमा क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै महोत्तरीमा २, बारामा १ र पर्सामा २२ वटा घरमा क्षति भएको प्रहरी प्रवक्ता मिश्रले बताए ।

प्रदेश २ मा अहिले बाढीलाई मध्यनजर गर्दै उद्धारका लागि २ हजार ८ सय १० जना प्रहरीलाई परिचालन गरिएको छ भने ९ सय ६० जनालाई स्ट्याण्डवाई राखिएको छ । बाढीबाट उद्धारको लागि सप्तरीमा ३ सय ७०, सिरहामा ३ सय ४०, धनुषामा ३ सय ६०, महोत्तरीमा २ सय ९५, सर्लाहीमा ३ सय ८०, रौतहटमा ३ सय ९०, बारामा ३ सय ३० र पर्सामा ३ सय ४५ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!