मंगलबार, साउन ०६, २०७७ || 781  पटक पढिएको

पर्साको क्षेत्र नं १ बाट निर्वाचित साँसद प्रदीप यादवका दाहिने हातलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नं १४ पिप्रा निवासी कुन्दन सिंह कुर्मीलाई सोमवार अपरान्ह पक्राउ गरेको हो । राजनीतिक संरक्षणका कारण गुण्डागर्दीमा संलग्न सिंह एक जना महिलालाई दुब्यर्वहार तथा ब्ल्याकमेल गरेको प्रकरणमा मुछिएका छन् । उनी यादवको बाउन्सरको रुपमा परिचित छन् । निजलाई छुटाउन सांसद यादवका सर्मथकहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । साँसद यादवसमेत एकाएक काठमाण्डौबाट बीरगंज आउन लागेको उनका कार्यकर्ताले चर्चा चलाएका छन् । सिंहले ती महिलालाई केही दिनदेखि ब्ल्याकमेल गर्दै आएका थिए । महिलाले त्यस्तो नगर्न पटक लपटक चेतावनी दिँदासमेत दुःख दिन छाडेका थिएनन् । अति भएपछि महिलाले प्रहरी गुहार्नुपरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!