रंगेली मोरङको सुनवर्षि नगरपालिका वार्ड नं.७ चैतामा बक्राह नदिले बाध भत्काएको छ । अविरल वर्षा संगै बक्राह खोलामा आएको बाढीले करिव २० मिटर बाध भत्काउदा चार परिवार विस्तापित समेत भएका छन् । भने ८० परिवार उच्च जोखिममा परेका छन् । बाध भत्कीएपछी छुतहरु रिषिदेव, लक्ष्मण रिषिदेव, बरुण रिषिदेव र विशाल रिषिदेवको परिवारलाई प्रहरीले सुरक्षीत स्थानमा सारेको छ । “बक्राह नदिले १५ फिट चौडाई र ६ फिट अग्लो बाध भत्काएको छ , इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले नदिले करिव १ सय २० मिटर बाध थप कटान गरी रहेकाले तत्काल नदि नियन्त्रण गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । बक्राहले थप बाध भत्काए खोला गाऊ पस्ने अवस्था रहेकोे स्थानिय बताउछन् । बक्राह गाऊ पस्ने सम्भावना बढे संगै सुनवर्षि नगरपालिका वडा नं.७ को साविक बरङगा वडा नं.२ का मुस्लीम टोल, मस्दैया टोल र सुकुम्बासी बस्तीका ७०÷८० घर परिवार उच्च जोखिममा रहेको छ । सुनवर्षि नगरपालिका मेयर कालिप्रसाद दासले बक्राहले बाध क्षति पु¥याउदै गरेको अवस्थामा नदि नियन्त्रणका लागी जल उत्पन्न सहित जिल्ला प्रशासन लगायतको निकायहरुमा अग्रिम सुचना दिदा समेत लापरवाही गर्दा नदिले बाध भत्काएको गुनासो गर्दै स्थानिय निकायले बक्राहले भत्काएको नदि नियन्त्रण गर्न सक्ने अवस्था नरहेता पनि तत्काल थप क्षति पुग्न नदिन नेपाली सेना, सशस्त्र र प्रहरीलाई खवर गरी नगरपालिका बाट बोरा र प्राविधिक सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!