शुक्रबार, साउन ०२, २०७७ || 1097  पटक पढिएको

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण गरी सेवा प्रभावकारी बनाउन कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति बोली, बचन तथा व्यवहारमा शिष्टता कायम गर्ने निर्देशन दिँदै उनले अस्पतालमा देखिएका समस्या समाधानमा उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसात गर्दै अगाडि बढ्न आग्रह गरे । स्वच्छ प्रतिस्पर्धाका लागि प्रहरी कर्मचारीले आफूमा भएको क्षमता र साधन स्रोतको सदुपयोग गर्दै प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

उनले आज मोलेकुलर परीक्षण एकाइ, आइसोलेशन वार्ड, डाइलासिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सघन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपीडी, फिजियो थेरापी रिहाबिलिटेशन युनिटलगायतको निरीक्षण गरे ।

अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा उनले जानकारीसमेत लिए । उनले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतले कोभिड–१९ को विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको भन्दै आभार प्रकट गरे ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्धतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न अस्पताल सदैव प्रयासरत रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!