
स्थायी समिति बैठक सुचारु गरी भदौको पहिलो साता केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्णय लिने समझदारीसहित नेकपा सचिवालयका छ नेता भर्खरै घरतिर लागेका छन् !

महाधिवेशनअघिको सर्वोच्च निकाय केन्द्रीय समिति रहेको र यसैले अध्यक्ष, उपाध्यक्ष, महासचिव, प्रवक्ता र सचिवालयसहितको सँरचना निर्माण गरेको हुँदा अबको बाटो यसैको बैठकबाट तय गर्ने सहमति जुटेको भेलामा सहभागी एक नेताले जनआस्थालाई बताए ! आज दिउँसो प्रधानमन्त्रीसङ्ग अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल तीन घण्टासम्म बालुवाटारमा बस्दा पनि सहमति बन्न नसकेपछि अब स्थायी समितिलाई अनिर्णयको बन्दी नबनाई केन्द्रीय समितिबाटै यौटा निधोमा पुग्ने निस्कर्श निस्किएको हो !
बैठकले एकल अध्यक्षको स्वरूपमा जाने र प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न निर्देशन दिने सम्भावना छ ! आजै दिउँसो उपप्रधानमन्त्री इश्वर पोख्रेल र वरिष्ठ नेता माधव नेपालवीच पनि वार्ता भएको थियो !पोख्रेल अहिलेसम्म पनि प्रधानमन्त्रीकै खेमाको मानिनुहुन्छ !
“इश्वर कमरेड प्रसन्न मुद्रामा निस्कनुभएको देखियो!”वार्तापछि श्रोताले जनआस्थालाई बतायो !
यसअघि प्रधानमन्त्रीले “पार्टी एकता गर्ने हामी दुई तर अहिले माधवजीलाई लिएर मसङ्ग लड्न आउने ? अब अर्को दिन कुनै केन्द्रीय सदस्य लिएर आउने होला” भन्दै अर्का अध्यक्षलाई व्यंग्य हान्नुभएको श्रोतको दावी छ !