
ईलका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मापदण्ड विपरीत गिट्टी लोड गर्ने ४ टिप्पर नियन्त्रणमा लिएको हो । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ११ स्थित ईलका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बाट ४ वटा टिप्पर नियन्त्रणमा लिएको हो । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३ र को १ ख ६८२४ नंको ४ टिप्पर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए । नियन्त्रणमा लिइएका टिप्पर आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय लहान सिरहा पठाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जैसवारेले जानकारी दिनु भयो ।
