बुधबार, आषाढ ३१, २०७७ || 893  पटक पढिएको

बराहताल गाउँपालिका–२ सुर्खेत रानीघाटमा रु दुई करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण भएको छ । युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो । विसं.२०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भई हालै सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले नवनिर्मित प्रहरी भवनलाई आफ्नै सम्पतिका रूपमा जगेर्ना गर्न गाउँपालिका र नागरिक समाजलाई अनुरोध गर्नुभयो । “प्रहरी जनशक्ति अपुग छ । त्यसका लागि हामी छिट्टै व्यवस्थापन गर्छौँ,” उहाँले भन्नुभयो । नवनिर्मित भवनलाई आफ्नै हो भनी आवश्यक मर्मत सम्भार गर्न र नागरिकहरुको शान्ति सुरक्षामा कटिबद्ध हुन प्रहरी नायब महानिरीक्षक पन्तले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले प्रहरी चौकी निर्माण हुनुले यहाँका नागरिकहरुको शान्ति सुरक्षामा टेवा पुग्ने बताउनुभयो । बराहाताल– २का वडाध्यक्ष यौवराज कार्कीले समाजमा बढ्दै गएको आपराधिक गतिविधिका लागि कानून आवश्यक हुने बताउँदै अनुशासित नागरिकहरुको सुरक्षा र गलत आचरण भएकाहरुलाई नियन्त्रण राख्ने सरकारको सुरक्षा सेवा एकाई (प्रहरी चौकी) गाउँमा निर्माण हुनुले खुशी तुल्याएको विचार व्यक्त गर्नुभयो । युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसका इञ्जिनीयर अनुज पाण्डेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!