वेबसाइटमा अश्लिल भिडियो अपलोड गरेको अभियोगमा काठमाडौका सुरज श्रेष्ठ आइतबार पक्राउ परेका छन् । पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको अभियोगमा काठमाडौं गोंगबुका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा राखेर साइबर अपराध गरेका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनले अनधिकृत रुपमा ब्लुसंसार डटकम नामको पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने गरेको प्रहरीले बताएको छ । उनीमाथी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमार्फत म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!