मंगलबार, आषाढ ३०, २०७७ || 693  पटक पढिएको

कालीगण्डकी गाउँपालिका–४ खहरेमा पहिरोमा परेर ६५ वर्षीय इमानसिंह रानाको मृत्यु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट गएको पहिरोले थापासहित पाँच जनालाई पुरेको थियो भने एकजना भागेर ज्यान जोगाएका छन् । तीनजना अझै पहिरोमा परेर बेपत्ता भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका ६५ वर्षीय इमानसिंह रानाको बिर्घा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमा वडा नं ४ का ६८ वर्षीय होमनाथ पाण्डे र सोही वडाका ५५ वर्षीय वीरबहादुर रानाको बिर्घा स्वास्थ्य चौकीमा उपचार तथा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

खोलामा आएको बाढिले धार परिवर्तन गर्दा चार घर विस्थापित हुने अवस्था आएकाले विस्थापित परिवारलाई राख्ने स्थानका बोरमा खोजी भइरहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!