सोमबार, आषाढ २९, २०७७ || 1272  पटक पढिएको

कोरोनाको विश्वव्यापी महामारीसँगै विश्वभर चिनिएका एक व्यक्ति हुन् टेड्रोस अधानोम गेब्रेयेसस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनपरस्तको आरोपसमेत लगाएका छन् । कोरोनाले चर्चामा ल्याएका यी पात्रलाई अब नेपालमै देख्न पाइने भएको छ । तर, सक्कली होइन नक्कली । चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेलले आगामी गाइजात्रामा आफूलाई टेड्रोसको अवतारमा उतार्न लागेका हुन् । उनको प्रस्तुतिको एउटा टिजरसमेत सार्वजनिक भएको छ । कोरोनाको कारण मनोरञ्जन क्षेत्र सुनसान छ । नजिकिँदै गएका विभिन्न चाडपर्वहरु पनि प्रभावित हुने भएका छन् । हास्यकलाकारहरुको उत्सवका रुपमा रहेको गाइजात्राको पनि यसपालि खासै माहोल छैन । तर, पनि गजुरेल लगायतका केही हास्यकलाकार गाइजात्रे प्रस्तुतिका लागि जुटिरहेका छन् । गजुरेल भन्छन्, ‘यो बेला जोसँग जे विज्ञता छ, उसले त्यही धर्म निर्वाह गर्ने हो । यसमा हामीले महामारीबाट अन्योलग्रस्त र त्रसित मनहरुलाई हौसला र उत्प्रेरित गर्ने प्रयास गरेका हौं ।’ अर्का प्रस्तोता लोकपि्रय कवि शैलेन्द्र सिंखडा बुझाइ छ, ‘दुःखबाट बाहिर निस्कन प्रेरित गर्ने सांस्कृतिक पर्व हो गाईजात्रा । ईम्युन पावर बढाउन हासोको महत्व सबैलाई थाहा छ । हामी यही कलाकारको धर्म निर्वाह गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!