बलात्कार गरी फरार भएका एक युवकलाई महानगरीय अपराध महाशाखाको टोलीले २४ घण्टा नबिप्दै पक्राउ गरेको छ। इलाम घर भइ ललितपुरको नख्खुमा बस्दै आएका २७ वर्षका विजय गजमेरलाई महाशाखाको टोलीले पक्राउ गरेको हो। उनले गएराती एक युवतीलाई कोठामा पुर्याइदिने भन्दै ललितपुरको एकान्तकुनामा लगेर गाडीमा नै बलात्कार गरेका थिए। बलात्कारपछि फरार रहेका गजमेर लुकेर कोटेश्वरमा बसेको अवस्थामा पक्राउ गरिएको एसपी इश्वर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार उनीहरु दुवै जना एकै स्थानमा काम गर्दथे । रात परेपछि कोठामा पुर्याइदिने भन्दै ती युवकले गाडीमा हालेर एकान्तकुना लगेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!