
पालिकाहरुको परिषद असार १० गते सक्नुपर्ने कानुनि प्राबधान छ । तर मोरङको रंगेलि नगरपालिकाले १९ दिन पछी आज आयोजना गरेको नगरसभामा भाँड भैलो भएको छ ।

५० जना सदस्य जनप्रतिनिधि रहेको सो पालिकाका २० सदस्यले नगरसभा बहिस्कार गरेका छन । काँग्रेसबाट निवार्चीत जनप्रतिनिधिहरुहरुलाई बेवस्ता गर्दै नगरप्रमुख दिलीप बडगीयाले बहुमत पुरयाएर सभा सम्पन्न गर्न खोजेको आरोप लगाउदै चलिरहेको सभा भित्रै कांग्रेसबाट निवार्चीत जनप्रतिनिधिहरुले नाराबाजी गरेका थिए ।
काँग्रेसका जनप्रतिनिध र पालिकाका प्रमुख बिच कर्मचारी नियुक्ती , विकासका बिषयमा परामर्श नगरेको बिषयमा बिबाद हुदा नगर सभा ढिलो भएको हो । स्थानीय तहको निर्वाचनको बेला काँग्रेसबाट मेयरको टिकट नपाएको झोकमा तत्कालीन ए माओवादीमा प्रवेशगरेका नगर प्रमुख बगडीयाले राजनीतिक पहुँच बढाएर मेयरको टिकट लिएका थिए । विगतमा काँग्रेसले टिकट नदिएको झोकमा काँग्रेसलाई पेलेर गएको बताईन्छ । नगरप्रमुख बगडीयाले ३० जना जनप्रतिनिधिको समर्थनमा बहुमतले निती तथा कार्यक्रम पारित गराए । काँग्रेसका जनप्रतिनिधिहरुले नगरप्रमुखले एक लौटी तरीकाले आफ्ना कुरा समेत राख्न नदिएर अधिनायकवाद लादेको आरोप लगाएका छन । रंगेली ३ का अध्यक्ष घनश्याम पनेरुले भने,‘ परिषदमा हामीलाई बोल्न दिईएन हाम्रा मागहरु सुन्ने हिम्मत मेयर ज्युले गर्नुभएन त्यसैले सभा बहिस्कार गरेका हौ, ।

असार १० मा सक्नुपर्ने नगरसभा १९ दिन पछी गर्नु कानुन मिच्नु हो । त्यसले कानुनी मान्यता पाउने आधार छ की छैन भन्ने प्रश्न उठेको छ । तर नगरप्रमुख बगढीयाले विपक्षीहरुले लगाएको आरोपको खण्डन गरेका छन । नियाम र कानुनी आधारमै गएको सफाई दिने गरेका छन । रंगेली नगरपालिकामा ९ वटा वडा छन । कार्यपालीका र वडाका जनप्रतिनिधी गरेर ५० जना सदस्य छन । त्यसमा ३ वटा वडामा काग्रेसले जितको छ । २ वटा जनता समाजवादी पार्टीले विजय हासील गरेको छ । ४ वटा वडामा नेकपाले जितेको हो ।