चर्चित अमेरिकी गायक एल्विस प्रेस्लेका नाती बेन्जामिन केओफको आइतबार २७ वर्षको उमेरमा निधन भएको छ । खबरका अनुसार उनले अमेरिकाको क्लाबसासस्थित आफ्नो घरमा गोली हानेर आत्महत्या गरेका छन् । यो कुराको पुष्टि उनकी आमा र एल्विसकी एक्ली छोरी लिस मेरी प्रेस्लेकी म्यानेजरले एक समाचार एजेन्सीसँगको कुराकानीमा गरेका हुन् । लिसाका म्यानेजर रोजर विडिनोवस्कीले बेन्जामिनको मृत्युबारे थप जानकारी दिन अस्विकार गर्दै बताए, ‘छोराको मृत्युपछि लिसा मेरी प्रेस्ले निकै दुःखी, फकाउनै नसक्ने र उजाड महसुस गरिरहेकी छिन् । तर उनी आफ्ना ११ वर्षे जुम्ल्याहा र जेठी छोरी राइलीका लागि दरिलो हुने प्रयास गरिरहेकी छिन् ।’

लिसा, एल्विस र नायिका प्रिसिला प्रेस्लेकी एक्ली सन्तान हुन् । विडिनोवस्कीले भने, ‘उनी आफ्नो छोरालाई निकै प्रेम गर्थिन् । उनको छोरा उनको जीवनको प्रेम थिए ।’ केओफ सार्वजनिक रुपमा निकै कम देखिन्थे तर उनका जतिपनि फोटो सार्वजनिक भएका छन् त्यो देखेर उनी आफ्ना हजुरबुवा एल्विसजस्तै देखिन्छन् भनेर अन्दाज लगाउन सकिन्छ । केओफ एक सङ्गीतकर्मी थिए जसले अभिनयमा पनि हात हालेका थिए र सन् २०१७ मा एल्विसको मृत्युको ४० औं वर्षगाँठमा टेनेसीको मेम्फिस शहरमा रहेको एल्विसको पूर्व घरमा भएको कार्यक्रममा पनि भाग लिएका थिए । रक एण्ड रोलका दिग्गज एल्विस प्रेस्लेको निधन सन् १९७७ मा ४२ वर्षको उमेरमा भएको थियो ।

स्रोतः डेली मेल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!