कोरोना भाइरसबाट संक्रमित भएका बलिउड अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा आफु र आफनो परिवारका सदस्यको चिन्ता गर्दै स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् । आइतबार ट्वीटरमार्फत अमिताभले सामाजिक सञ्जाल लगायतका माध्यामबाट आफ्नो र आफ्नो परिवारका सदस्यहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद दिँदै उनीहरुप्रति आभार व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्– ‘म लगायत अभिषेक, ऐश्वर्या र आराध्याका बारेमा चिन्ता व्यक्ति गर्ने सबैमा म हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।’ उनले आफुले सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामना गर्ने प्रत्येक व्यक्तिलाई धन्यवाद दिन असम्भव भएको भन्दै एकमुष्ठ आभार व्यक्त गरेका हुन् । उनले भनेका छन्– ‘म हात जोडेर भन्छु, तपाईहरुले दिएको मायाप्रति धन्यवाद छ ।’

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अमिताभलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । उनीसँगै छोरा अभिषेक बच्चन पनि अस्पतालमा भर्ना भएका छन् । आइतबार बिहान अभिषेक पत्नी ऐश्वर्या राय र छोरी आराध्या बच्चनमा पनि कोरोना पुष्टि भएको छ ।
त्यसलगत्तै अभिषेकले ट्वीटमार्फत जया बच्चन र घरका अन्य सदस्यहरुलाई भने कोरोना संक्रमण नेगेटिभ पाइएको बताएका थिए । उनले ऐश्वर्या र आरध्या भने क्वारेन्टाइनमा रहेन जानकारी दिएका छन् । अहिले अमिताभ र अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!