आइतबार, आषाढ २८, २०७७ || 795  पटक पढिएको

तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी नेतृ सरिता गिरीले पार्टीको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेकी छिन् । उनले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् ।

नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिए पनि उनले फिर्ता लिएकी थिइनन् । उल्टै विधेकमाथि चुनाव भएको दिन संसदको बैठक नै बहिष्कार गरेर निष्केकी थिइन् । प्रस्ताव फिर्ता नलिए कारवाही गर्न बाध्य हुने संसदीय दलले पठाएको पत्रमै उल्लेख थियो ।

पार्टीको अनुशासन तथा ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण मागेको थियो । तर उनले पार्टीलाई सन्तोषजनक जवाफ नदिएको भन्दै पार्टीले उनलाई पार्टीको साधारण सदस्य तथा संसद पदबाट समेत बर्खास्त गरी कारवाही गर्ने निर्णय गरेको थियो ।

कारवाहीमा परेपछि आज उनले अदालतमा उनले रिट दाय गरेकी हुन् । समाजवादी पार्टीको केन्द्रीय समितिबाट हुनुपर्ने निर्णय पार्टीको कार्यकारीणी कमिटीबाट गरेर कारवाही गरेको उनले आरोप लगाएकी छिन् । आफूलाई कारवाही गरेको निर्णय नै अवैधानिक रहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!