आइतबार, आषाढ २८, २०७७ || 756  पटक पढिएको

झापाको शिवसताक्षि नगरपालिका वार्ड नं. १० मा पर्ने बाक्लो बस्ति रहेको क्षेत्रमा माई खाेलाले तिब्र रूपमा कटान सुरु गरेको छ ।३ दिन देखि अविरल रूपमा परेको पानीका कारण कन्काइ नदिमा पानीको सतह ह्वात्तै बढेको छ ।

बाढीका कारण उक्त क्षेत्रको बस्ति जलमग्न भएको छ र स्थानीयबासीमा हाहाकार मच्चिएको छ । अहिलेसम्ममा ९ वटा घर बगाइसकेको र कैयौं घरहरु बाढी द्वारा पुर्ण रूपमा प्रभावित भइरहेका छन् ।

बाढीले स्थानीय जनजीवन प्रभावित भइरहदा राेकथामकाे लागि नगरपालिकाले कुनै योजना ल्याउन नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन् । कुनै विकल्प नरहेपछि स्थानीय बासिन्दा अझ संकटमा परेका छन् । खाेलाले धमाधम जमिन कटान गर्न थालेको छ भने धान रोपाइँ गरेको जमिन समेत पुर्णरूपमा प्रभावित हुन थालेको छ ।

सोही क्षेत्रमा लामाे समय देखि बसाेबास गदै आएका भुपाल चौधरीको घर समेत खाेलाले बगाएको छ। पीडा व्यक्त गर्दै उनले भने ‘दुखः सुख परिवारकाे खर्च चलाउदै आएको थिए, बस्नलाई यहीँ एउटा घर मात्र थियो त्यो पनि खोलाले बगायो । अब न खानलाई अन्न छ न बस्नलाई घर नै ।’

चौधरी जस्ता कैयौं घरपरिवारहरु अहिले बाढिको त्रासमा छन्, कतिबेला बाढी आएर घरबार बिहिन बनाउने हो भनेर उनीहरु टुलुटुलु हेर्न बाध्य छन् ।

बाढी पिडितको अवस्था के छ? तत्कालिन उद्दार र राहतका कार्यक्रम के छन् ? नगरपालिकाले नदि कटान नियन्त्रणका लागि दीर्घकालीन र अल्पकालीन योजनाहरु के कस्ता बनाएको छ ? जननिर्वाचित पालिका गठन भएको ३ वर्ष पुग्दा समेत समस्या जस्ताको त्यस्तै किन छ ? आदि विषयले अहिले उक्त क्षेत्रमा व्यापक चर्चा पाउन थालेको छ ।

यस सन्दर्भमा टेलीफोनमा कुराकानी गर्दा पदिय मर्यादालाई समेत ध्यान नदिइ गैरजिम्मेवारी पुर्ण जवाफ दिएक छन् । उनले बाढी कता बाट आउँछ भन्ने कसरी थाहा पाउने भन्दै पत्रकार माथी नै प्रतिप्रश्न गर्दै यसो भने, ‘हामिले गर्नुपर्ने काम गरिरहेका छौँ, खाेलाले जानकारि गराएर कटान नगर्ने रहेछ, खोलाले यहाँबाट काट्छु भनेर हामीलाई खबर गरेन अनि कसरी नियन्त्रण गर्ने? सायद तपाईं पत्रकारलाई यो ठाउँमा कटान गर्दैछु भनेर खबर गर्यो होला तर मलाई त केही भनेको थिएन अनि कसरी नियन्त्रण गरौं?हामीले जहाँ जहाँ काम गर्यौ त्यहाँको अवस्था सामान्य नै छ’

नदि कटान नियन्त्रण गर्न नगरपालिका संग कति बजेट छ भन्ने प्रश्नमा मेयर सेर्माले भने, ‘यस्तो कुरा म अहिले ठ्याक्कै भन्न सक्दिन, योजना शाखाले जवाफ दिने कुरा मलाई सोध्दै हुनुहुन्छ, करिब ७९ करोड बजेट भए जस्तो लाग्छ।’ यति भनेर उनले फोन काटेका थिए ।

नदिले स्थानीय जनताको घर जमिन बगाएर बिजोक बनाएको टुलुटुलु हेरेर पत्रकारलाई यसरी गैरजिम्मेवारी पूर्ण ढंगले जवाफ दिने मेयर सेर्मा आफुले मत दिएर जिताएका मतदाता प्रति कति जिम्मेवार छन् भन्ने एउटा सानो दृष्टान्त यो पनि हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!