
सुनवर्षी नगरपालिका वडा न -६ कैमिमा बक्राहा नदिले बाध कटान सुरु गरेको छ। केही दिनको अबिरल बर्षा का कारण बक्राहा नदिमा पानीको सतह दिनप्रतिदिन बढी रहेको छ। सुनवर्षी नगरपालिकाको अन्य स्थानमा समेत अन्य बर्षहरुमा पनि कटान गर्ने गरेको स्थानिय महताब आलमले हिपमत डटकमलाई जानकारी दिनु भयो।

सुनबर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले सुनवर्षी नगरपालिकाका सम्पुर्ण नागरिकहरुलाई सचेत रहन समेत आग्रह गर्नु भयो। सुनबर्षी नगरपालिका वडा न -६ हाल कटान गरिएको स्थानमा स्थानियवासी तथा सुरक्षाकर्मिहरु मिलेर कटान रोक्ने कार्यमा लागेको एक सुरक्षाकर्मिले हिपमत डटकमलाई जनकारी दिनु भयो।