शनिबार, आषाढ २७, २०७७ || 842  पटक पढिएको

साझा यातायातले साउन एक गतेदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा बस सेवा सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् । सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझाले सरकारले तोकको मापदण्ड अनुसार बस चलाउन लागेको हो । शुरुमा नियमित रुपमा बस चलाउने साझाको तयारी छ । चार महिनादेखि बन्द रहेका गाडी चलाउनका लागि साझाले अहिले मर्मतको काम गरिरहेको छ । सरकारले बिहीबार छोटो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । सार्वजनिक यातायातले ५० प्रतिशत सिट क्षमतामा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने सरकारले जनाएको छ । यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले भने तत्काल बस सेवा सुरु नगर्ने घोषणा गरिसकेका छन् । उनीहरुले बैंकको किस्ता, स्वास्थ्य बीमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!