
अबाेध बालक पैसा नभए रै राेग लिएर हिड्न बाध्य भएको खवर विभिन्न टेलिभिजन तथा अनलाइन मा प्रसारण भए पछि अहिले उक्त बालक लाई उपचारका लागि सहयोगी हात हरु अगाडि बडि रहेको छ ।
माेरङ काे सुुनवर्सि नगरपालिका ६ स्थित कादुपाडा चाेक का सुभाष पासवान पैसा अभाव का कारण ले उपचार गराउन सकेका छैनन । चैत्र महिना केहि दिन सामान्य ज्वराे अाएपछि गाउँ घर तिरै दवाई गरेता पछि उनी निकाे समेत भए तर केही दिन पछि उनकाे दाहिने छातिमा सानाे घाउँ भएको कारण ले अहिले उक्त घाउ टुईमर देखा परेको छ । अामा कलाशी देवि पासवान र बुबा झरिलाल पासवान का कान्छा छाेरा शुभाष अहिले उपचारको खाेजिमा अरुकाे घरदैलो मा पुगेर उपचारका लागि उनका बुवा रकम सङ्कलन गरिरहेका छन । घरकाे अार्थिक अभावका कारण उनिहरु लाई छाेरा काे उपचार मा निकै समस्या परेको छ । झरिलाल र कलाशी देवि दैनिकी ज्यालादारी गरी अाफ्नाे तीन छाेरी र दुई छाेरा हरुकाे पालनपोषण गरि रहेता पनि कान्छाे छाेरा बिरामी भए पछि उनिहरु लाई दुई छाक टार्ने समेत हम्मेहम्मे परेको छ । १५ घुर जग्गामा सानाे घर बनाएर बसाेवास गर्दे अाएका परिवारलाई अहिले छाेरा काे उपचार गर्ने पैसा कहाँबाट ल्याउ भनेर चिन्तित अबस्थामा रहेका छन । काठमाडौं मा रहेको कान्ति बाल अस्पताल लैजान उनलाई अमरदहमा रहेको ढल्के जाेवन क्लव ले शनिबार ५१ हजार रुपैयाँ सहयोग गरेकाे छ । गरिव तथा निमुखा हरुकाे हरेक सहयोग र साथ काे लागि काम गर्दे अाएकाे ढल्के जाेवन क्लव का अध्यक्ष प्रताप तामाङ काे टिम पिडित काेे घर पुगि केही थाेरै रकम भए पनि अाफु हरुले अार्थिक सहयोग गरेकाे तामाङले बताए । साेहि क्रममा उपमेयर मन्जु राईले ब्यक्तिगत रुपमा ५ हजार ५ सय रुपैयाँ , उर्मिला राजवंशी ले स्थानीय स्तरबाट सङ्कलन गरेर ६ हजार ८ सय ८० रुपैयाँ र समाजसेवी भिमलाल राजवंशी बाट ५ सय पाँच रुपैयाँ सहयोग गरेका छन ।
उपचारका लागि चार लाख रुपैयाँ सम्म खर्च हुने भने पछि अाफुलाई निकै समस्या परेको बुबा झरिलाल ले बताए । उनले छाेराकाे उपचार का लागि १५ घुर जग्गा रहेकाे घर समेत एक लाख रुपैयाँ मा धिताे पास गरेर लिएको रकम समेत सबै सकियाे ।
अहिले छाेरा लाई कसरी बचाउने हाे भन्दै चिन्तित अवस्थामा रहेका छन ।
