ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यममा प्रसारित अनर्गल प्रलापको भत्सर्ना गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले एक प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘ यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अनेक असहमति छन् , तर नेपालका प्रधानमन्त्रीमाथि भारतीय सञ्चारजगत्ले जुन निकृष्ट शैलीको प्रदर्शनबाट चरित्रहत्या गर्न खोजेको छ, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा त्यसको घोर भर्त्सना र निन्दा गर्दछ । यसका साथै नेपालका लागि महामहिम चिनियाँ राजदूतको कूटनीतिक मर्यादामाथि हिलो छ्यापेर पीत शैलीमा नयाँ दिल्लीले गरिरहेको नग्ननृत्यले ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखान चरितार्थ गर्नु उत्तिकै निन्दनीय रहेको छ ।’ नेपाल र नेपालका प्रधानमन्त्रीले उठाएका राष्ट्रियतासँग सम्बन्धित नक्सा संशोधन र नागरिकतालगायतका साहसिक कदमले सिर्जना गरेको राष्ट्रिय तरङ्गबाट विक्षिप्त भएर भारतीय सञ्चारमाध्यमले पत्रकारिताको सामान्य आचारसंहिता पनि पालना नगरेको देखिएको मोर्चाको ठहर छ । ‘त्यो भारत सरकारकै सहमतिमा भएको हो भन्न बाध्य हुनुपर्छ । तसर्थ नेपाल र इन्डियाबीचको सम्बन्धका विविध र वृहत्तर आयामलाई इन्डिया आफैले सङ्कुचित गर्न चाहेको प्रमाणित भएको बताएको छ । मोर्चाले यो सन्दर्भमा नेपालका परराष्ट्र मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!