शुक्रबार, आषाढ २६, २०७७ || 1268  पटक पढिएको

भारतीय प्रहरीले इन्काउन्टरमा विकास दुबेलाई शुक्रबार मारेको छ । उनीविरुद्ध गत साता बिहीबार उत्तर प्रदेशको कानपुरस्थित बिकारु गाउँमा ८ जना प्रहरीलाई मारेको अभियोग थियो । यस मामिलामा प्रहरीले यसअघि नै ५ जनालाई इन्काउन्टर गरिसकेको छ । विकास दुबेका सहयोगी तथा भाइ अमर दुबे दुई दिनअघि मात्रै इन्काउन्टरमा मारिएका थिए । यतिमात्रै होइन अमर दुबेकी नवविवाहित श्रीमती खुसी दुबेलाई पनि प्रहरीले जेल पठाएको छ ।

प्रहरीले यी युवतीलाई पनि कुख्यात अपराधको षड्यन्त्रकर्ता ठहर गरेको छ । ‘बिहेपछि माइतीबाट छुट्टिएर घर आएको दुई दिनमा श्रीमान् तथा घरपरिवारलाई बुझ्न त सकिदैन भने नव बेहुली कसरी हत्याकाण्डको षड्यन्त्रकर्ता हुन्छिन् ?’ खुसीका माइती पक्षको प्रश्न छ । उनीहरुका अनुसार अमर दुबेको परिवारले गुमराहमा राखेर विवाह गरेका थिए ।

बिहेको तीन दिनपछि हत्या

२९ जुनमा अमर दुबे र खुसीको भव्य विवाह भएको थियो । तीन दिनपछि २ जुलाईमा ८ जना प्रहरीको हत्या भयो र विकास दुबे, अमर दुबेसहितका व्यक्तिको नाम हत्याकाण्डमा मुछियो । खुसीका बाबु श्यामका अनुसार उनी रंग लगाउने काम गरेर पाँच बच्चासहित परिवारको गुजारा गर्छन् ।

उनले दुई छोरीहरुको विवाह गरिदिएका छन् र आफ्नो छोरीहरु राम्रो घरमा परुन् भन्नेमात्रै सपना थियो । खुसी कान्छी छोरी हुन् । आमा गायत्रीका अनुसार एक विवाह समारोहमा गएका बेला कुनै व्यक्तिले बिकरु निवासी अमर दुबेसँग आफ्नो दुई छोरीमध्ये एकको विवाह गराउन उनलाई प्रस्ताव गरेका थिए । झट्ट हेर्दा अमर राम्रा थिए, त्यसैले विहेको कुरा अघि बढाइयो ।

परिवारजन पनि बिना दाइजो नै कान्छी छोरी खुसीसँग विवाहका लागि राजी भयो । २९ जुनमा उनीहरुको विवाह भयो र ३० जुनमा उनी माइतीबाट बिदा भएर आफ्नो बिकरुस्थित घर गइन् ।

खुसीले आफ्ना पति र घरपरिवारलाई राम्ररी बुझ्न नपाउँदै २ जुलाईमा बिकरुमा प्रहरी हत्याकाण्ड भयो । नयाँ जिन्दगी सुरु हुनअघि नै खुसीको सबै खुसी खतम भयो ।

परिवारजनका अनुसार विकास दुबे र उनीसँग जोडिएका अमर दुबेबारे टेलिभिजनमा समाचार सुनेपछि उनीहरुको होश नै गुमेको थियो । उनीहरुलाई अमरविरुद्ध भएको इन्काउन्टरबारे केही भन्नु छैन, तर निर्दोष छोरीमाथि सोच–विचार नगरी प्रहरीले गरेको कारबाहीबाट पुरै परिवार आहत छ ।

कारबाहीमा उठेका प्रश्न

१. के दुई दिनअघि माइतबाट आएकी नवविवाहिताले यति ठूलो षडयन्त्र रच्न सक्छिन् ?

२. प्रहरीले नव विवाहितमाथि कारबाही गर्नुअघि कसैसँग कुनै सोधपुछ किन गरेन ?

३ माइती पक्षसँग विकास दुबेको सम्बन्ध थियो या थिएन , यसको छानविन किन गरिएन ?

स्रोतः अमर उजाला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!