प्रेस काउन्सिल नेपालले भारतीय सञ्चारमाध्यमबाट नेपाल र नेपालीविरुद्ध आपत्तिजनक, भ्रामक र अराजक सामाग्री प्रकाशन तथा प्रशारण गरेको भन्दै चासो देखाएको छ । काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले भारतीय टिभी च्यानलहरुबाट नेपाल र नेपालीविरुद्ध फैलाइएको भ्रामक समाचारबारे त्यहाँको काउन्सिलसँग सरोकार राखेको बताएका छन् ।

‘भारतीय टिभी च्यानलहरुबाट अपुष्ट, अक्षम्य, आपत्तिजनक, भ्रामक र अराजक सामग्री प्रशारणमा बढोत्तरी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ’अध्यक्ष श्रेष्ठले भनेका छन् । उनले फेसबुकमार्फत एकपक्षीय र अप्रमाणित सामग्री सम्प्रेषण संसारका कुनै पनि कुनामा पत्रकारिताको न्यूनतम धर्मभित्र नपर्ने भन्दै त्यो पत्रकारिता नभई गालिकारिता र पर्चाकारिता भएको बताएका छन् । ‘यसबारे हामीले समकक्षी भारतीय प्रेस काउन्सिलसमक्ष गम्भीर सरोकार राखेका छौँ तर विद्युतीय मिडिया उसको क्षेत्राधिकारभित्र नपर्ने र अखबारमा मात्र केन्द्रित रहनपर्ने कानूनी व्यवस्थाको कारण त्यहाँ समस्या छ !’

श्रेष्ठले भनेका छन्, ‘युट्युबलगायत नेपालमा डोमेन नरहेका यस्ता च्यानलहरुबाट हुने आपत्तिजनक सामग्री प्रशारणको नियमनका निम्ति हामीले दुई महिनाअघि नै नेपाल सरकारलाई वैधानिक व्यवस्था मिलाउन पत्राचार गरेका हौं तर सरकार आफैले किन फाइल थन्क्याएर अराजकतालाई आमन्त्रण गरेको हो, यसबारे अन्जान छौँ !’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!