
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गते देखि सुरुवात गरे पछि माेरङकाे ऐतिहासिक एवम पाैराणिक महत्त्व रहेको श्री संन्सारी माई मंन्दिर मा भक्त जन हरुकाेे अागवन मा सुनसान रहेको छ । लकडाउन केही खुकुलो भएपनि केहि साे मंन्दिरमा भक्त जन हरुकाे चहलपहल बढ्न सकेको छैन । चैत्र महिना देखि बलि बन्द भए पछि मन्दिरहरुमा सुनसान भएको हो ।धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास र प्रवन्धन काे लागि अग्ररुपमा रहेको श्री संन्सारी माई मंन्दिर बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली ७ मा अवस्थित चिसाङ खाेलाकाे बगरमा उक्त मन्दिर रहेको छ । साक्षात देवीको बासस्थान रहेको उक्त मंन्दिरमा अहिले दमक,बिर्तामोड ,गाैरीगंञ्ज, ईनरुवा,दुहबी ,घरान, बिराटनगर ,बेलवारी,उर्लाबारी ,अमरदह, र भारतकाे कलकता, हरियाना, कुवाडि कुर्साकट्टा, लगायत भारत काे विभिन्न स्थान हरुबाट भक्तजन हरु अाएर पुजा अर्चना गर्ने अाउने गरेका थिए । बाेका काे बलि दिन का लागि शनिबार र मंगलबार ४ सय देखि ५ सय वटा बलि दिनका लागि हजारौं भक्तजन हरु मंन्दिरमा विशेष पुजा गर्न अाउने गरेका थिए । देशको विषम परिस्थितिलाई ध्यानमा राखी मन्दिरमा समेत भीडभाड बढ्नै भन्दै लक डाउन भए पछि अहिले संन्सारी माई मंन्दिर सुनसान देखिएकाेे हाे । मंन्दिर ब्यवस्थापन समिति का अध्यक्ष संन्जिव श्रेष्ठ का अनुसार कोरोना भाइरका कारण ले गर्दा मन्दिर मा मासिक १ लाख देखि २ लाख रुपैयाँ सम्मकाे अाम्दानि समेेेत घटेको हुनाले ब्यवस्थापन मा समस्या परेको बताए । संसारी माई काे मन्दिर मा प्रदेश सरकार ले प्रत्येक बर्ष प्रदेश स्तरीय फुलपात्ती बडाई गर्ने निर्णय समेत गरेको छ । साे मंन्दिरमा नवरात्र काे समयमा भाकल गर्दा ९ दिनमा मनकामना पूरा हुने र अरु समयमा भाकल गरेे ९० दिन भित्र अाफ्नाे मनाेकामना पुरा हुने जनविश्वास रहेको छ । मन्दिरको नाममा रहेको ३ विघा १७ कठ्ठा जमिने छ । मन्दिरले अहिले भक्तजनको उपस्थितका कारण स्थल अभाव भएपछि १ विघा किनेर थपेको ब्यवस्थापन समिति काा अध्यक्ष श्रेष्ठ बताए । मन्दिरको सुरक्षाको लागि सिसी क्यामेरा पनि जडान गरिएको छ । यस मन्दिरमा दिएको बली घरला नपाइने चलन रहेको छ । त्यसको प्रसादको रूपमा मन्दिर प्रांगणमा ग्रहण गनुपर्छ । यसैले मानिसहरू बस, जीप, कार, ट्र्याक्टरमा हुलका हुल आएर बली पूजा गरेपछि मन्दिर परिसरमै पकाएर प्रसादका रूपमा ग्रहण गरेर फर्कने गर्दछन् । मन्दिरमा पूजाआजा गर्न आजकल सर्वसधारणहरु मात्र नभएर अहिले पार्टीका केन्द्रीय तहका नेतादेखि उच्च पदस्थ कर्मचारीहरू पूजा अर्चनाको लागि आउने गरेका छन् । सेना, प्रहरी, सशस्त्र प्रहरीका उच्च तहका अधिकृतहरू पनि मन्दिरमा पूजाअराधानका लागि आउने गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पनि मन्दिरमा पूजाअर्चनाको लागि आएका थिए ।
