नेपाली काग्रेस मोरङ जिल्ला कार्य समितिका पुर्व दुई सचिब तथा हाल कार्य समितिका सल्लाहकार यदु कुमार बिष्ट तथा मदनप्रसाद संग्रौलाले सल्लाहाकार पदबाट राजीनामा दिएका छन् । हालको नेपाली काग्रेस जिल्ला कार्य समिति मोरङको नेतृत्वले जिम्मेवारी र दायित्व निर्वाह गर्न नसकी संगठन दिन दिनै धाराशायी हुँदै गएको र नेतृत्वको क्षमता समेत नदेखिएको कारणले हामिले उक्त पदबाट राजिनामा दिएको सल्लाहकार यदु कुमार बिष्टले हिपमत डटकमलाई बताए।

हामी जिल्ला कार्य समितिको सल्लाहकार पदमा बस्नुको कुनै औचित्य नै छैन त्यसैले पनि हामिले राजिनाम दिएका हौ अर्का सल्लाहकार मदनप्रसाद संग्रौलाले बताउनु भयो। राजिनामा पत्रमा आफुहरुलाई जिल्ला कार्य समितिको सल्लाहकार जस्तो गरिमामय पदको जिम्मेवारी दिएकोमा सभापति तथा सम्पुर्ण कार्य समितिलाई धन्यवाद समेत दिएको छ।

नेपालि काग्रेसको १४ औ महाधिवेशन नजिकिदै गएको र पूर्ब ने. बि. संघ मोरङले सुद्दिकरण र सुदृढीकरणको अभियान चलिरहेकै बेला आएको राजिनामालाई अर्थपूर्ण रुपमा हेरिऐको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!