
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ।

१० गते देखि जारी स्थायी समिति बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्र चुलिएको विवाद मथ्थर हुने सम्भावना त देखिएको छ।
तर, त्यसका लागि ओलीले प्रधानमन्त्री पद छोड्नुपर्ने अडान ओली इतर समुहले राखेको छ। केही दिन यता ओली र प्रचण्डको लगातार भेट भइरहेको छ। तर, कुरा प्रधानमन्त्रीको पदमा अड्किएको स्रोतको दावी छ।
प्रचण्ड ओलीबाट प्रधानमन्त्री पद हत्याउन लागि परेका छन्। तर, ओली सहजै राजिनामा नदिने पक्षमा छन्। तर, ओलीले राजिनामा दिएमा वा हटाउने निर्णय भएमा प्रचण्ड प्रधानमन्त्री बन्ने देखिएको छ।
प्रधानमन्त्री अकांक्षी माधवकुमार नेपालले ओलीबाट पद हत्याए सहयोग गर्ने बचन प्रचण्डलाई दिइसकेको स्रोतको दाबी छ। यस्तै झलनाथ खनाल र बामदेव गौतमले समेत प्रचण्डलाई सहयोग गर्ने बचन दिएका छन्। सोही कारण प्रचण्ड ओलीबाट प्रधानमन्त्रीको पद हत्याउन लागि परेको नेकपा निकट स्रोत बताउँछ।