सोमबार, आषाढ २२, २०७७ || 822  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने नेताहरुले एकपछि अर्को प्रस्ताव गरी फकाउन खोजिरहेका छन् । उनले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमलाई पटक पटक सहमतिमा आउन प्रस्ताव गर्दा पनि नमानेपछि वरिष्ठ नेता माधवकुमार नेपालतर्फ ध्यान मोडेका छन् ।

ओलीले विश्वासपात्रहरु पठाएर नेपाललाई सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्रको अध्यक्ष बनाउने प्रस्ताव गरेको बुझिएको छ । सरकार पार्टीलाई बेवास्ता गरी सञ्चालन भइरहेको आरोप लागेको सन्दर्भ उल्लेख गर्दै उनले संयन्त्र निर्माणको प्रस्ताव गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

नेपालले ओलीको प्रस्तावलाई भने गम्भीरतापूर्व नलिएको बुझिएको छ । ओलीको राजीनामा माग्नेमध्ये नेपाल अग्रपंक्तिमा छन् । उनले स्थायी कमिटीको सामना गरी ओलीले पार्टीको निर्णय बमोजिम गर्नुपर्ने अडान लिदै आएका छन् ।

यसअघि ओलीले बामदेव गौतमलाई रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री र भविष्यमा प्रधानमन्त्री बनाउन सहयोग गर्ने प्रस्ताव गरेका थिए । प्रचण्डलाई पनि भविष्यमा आफू अध्यक्ष नबन्ने र आगामी महाधिवेशनमा अध्यक्ष बन्न सहयोग गर्ने प्रस्ताव राखेका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!