शनिबार, आषाढ २०, २०७७ || 744  पटक पढिएको

यसै हप्ता विहान र दिउँसो एकै दिन दुईपटक शितवनिवास पसेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन अन्त्य गर्ने सिफारिशको निर्णय गराए । पार्टी स्थायी कमिटी बैठकमा नगई राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेटेपछि उनले क्याबिनेटबाट उक्त निर्णय गराए । निर्णय गरेको केही समयमै राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्यको घोषणा गरिन् । आज फेरि उनी शितलनिवास पुगे । क्याबिनेट साँझ सात बजेका लागि बोलाए । यसले उनी कुनै गम्भीर निर्णय गर्दैछन् भन्ने अनुमान गरिएको छ ।

नेकपाभित्र ओलीको राजीनामा मागिएको छ । उनी कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । बरु अध्यादेश ल्याएर भएपनि पार्टी फुटाउन सहज बनाउन खोजेको चर्चा चलेको छ । उनले यस्तो निर्णय लिए भने आज क्याबिनेट सामान्य नहुने सक्छ । ओलीइतर समुहका मन्त्रीहरुले कडा प्रतिवाद गर्न सक्छन् । ओली विरोधी मन्त्रीहरु गोजीमा राजीनामा बोकेर हिंडिरहेका छन् । यस्तो अवस्थामा आज साँझ कुनै गम्भीर निर्णय भएर राजनीतिक दुर्घटनाको सम्भावना औल्याइएको छ । यसलाई टार्न भने ओलीलाई कठिन छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!