शनिबार, आषाढ २०, २०७७ || 1039  पटक पढिएको

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार टेकेन्द्र बस्यालमाथि शुक्रबार राति भएको साङ्घातिक आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकार बस्यालमाथि गरिएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन प्रशासनसँग माग गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ मा सार्वजनिक जग्गा (नाली) मिचेर घर बनाएको विषयमा रिपोटिर्ङ गर्न पुगेका बस्यालमाथि शुक्रबार साँझ ७ः४५ मा आक्रमण भएको थियो । आक्रमणकारीले सङ्घ प्रदेश नं ५ का उपाध्यक्षसमेत रहेका बस्यालको सजगताका कारण गम्भीर शारीरिक क्षति पु¥याउन नसके पनि सञ्चार सामग्री क्यामेरा तोडफोड गरी क्षति पु¥याइको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!